गोलभेँडा खेती गरेर मनग्य आम्दानी गर्दै ज्याम्दीका शान्ति ठकुरी
काभ्रे- काभ्रेको भुम्लु गाउँपालिका वडा नं. ९ ज्याम्दी झगडेटोलका शान्ति ठकुरी हिजो आज बारीमा फलेको गोलभेँडा टिप्न व्यस्त छन् । घर नजिकैको बारीमा खेती गरेको गोलभेँडा लटरम्म फलेर विक्री गर्ने सिजन भएका कारण ज्यालादारीमा काम गर्ने सहयोगीहरूको साथमा गोलभेँडा टिपेर बजार लैजाने उनको दैनिकी बनेको छ ।
हरेक वर्ष वैशाखमा मकै छरेर भित्र्याएपछि साउनमा गोलभेँडा रोपेर ठकुरी परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँको ३५ रोपनी जग्गामा केहीमा अदुवा खेती बाहेक सबैमा गोलभेँडा खेती गरेको उहाँले बताउनुभयो । ‘गोलभेँडाको लागि खासै सिँचाइ नचाहिने भएकाले त्यसको व्यवस्था नभए पनि राम्रो उत्पादन हुने भएकाले खेतीलाई निरन्तरता दिँदै आएको छु ।’ उहाँले भन्नुभयो, ‘खुल्ला ठाउँमा गरेको खेतीमा थाक्रा हाल्न र टनेल नहालीकन नै थोरै लगानीमा धेरै उत्पादन गर्न सकिने भएकोले उत्पादन र आम्दानी राम्रो छ ।’ दुःख गरेर उत्पादन गरेको मेहनतको फल राम्रो पाउँदा निकै खुसी लागेको शान्तिले बताउनुभयो ।
्
प्रतिक्रिया राख्नुहोस्