सक्षम कर्मचारीहरुलाई न्याय दिन संघीय कर्मचारी ऐन ल्याउने मन्त्री ठगुन्नाको भनाइ

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार राष्ट्र, राष्ट्रियता, समृद्धि र सुशासनको मूल विषयमा कटिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ ।

संघीय निजामती सेवा ऐनमा कर्मचारीको सवाल विषयक काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ठगुन्नाले सरकारको सपना साकार पार्न राष्ट्रसेवक कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउनुभयो । उहाँले दक्ष र सक्षम कर्मचारीहरुलाई न्याय दिने खालको संघीय कर्मचारी ऐन चाँडो ल्याउन आफू लागिपरेको समेत बताउनुभयो ।

सो अवसरमा आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले राष्ट्रसेवक कर्मचारीहरुले आम नागरिकको मन जित्ने गरी छिटो छरितो र पारदर्शी ढङ्गले सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिका अध्यक्ष केदारप्रसाद देवकोटा र वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले कर्मचारीहरुको सुरक्षा र अवसरको समान वितरण हुनुपर्ने बताउँदै समावेशी निजामती सेवा ऐन तत्काल ल्याउनुपर्नेमा जोड दिनुभयो ।

संगठन ट्रेड युनियन दर्ता दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.