निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न कार्यकर्ताहरुलाई पुनः आग्रह गर्नु भएको छ ।

अनेरास्ववियू केन्द्रीय समितिले उपत्यकामा गरेको वृहत कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनलाई पर सार्ने र अल्मल्याउने काम कसैले गर्न नसक्ने भन्दै तोकिएकै समयमा निर्वाचन हुने बताउनु भएको हो । देशलाई अलमलमा राखिरहन नसकिने भनाइ उहाँको थियो ।

प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधि सभा संविधानतः पुनस्थापना हुन नसक्के स्पष्ट पार्दै ताजा जनादेशका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताउनुभयो । नेकपालाई अझै पनि एकतावद्ध बनाएर लैजान सकिने सम्भावना रहेको छ भन्नुहुँदै प्रधामन्त्री ओलीले प्रचण्ड–नेपाल समूहलाई आत्मकेन्द्रित र पदोलोलुप प्रवृति त्यागेर पार्टीमा फर्कन आग्रह गर्नुभयो ।

नेकपाबाट प्रचण्डलाई कार्यकारीको जिम्मेवारीबाट हटाए पनि अध्यक्षमा भने यथावत् नै राखेको र अन्य सचिवालय सदस्यको पद पनि यथावत नै रहेको प्रधामन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.