करेन्ट लागेर भालुको मृत्यु

उदयपुर-  करेन्ट लागेर उदयपुरको कटारी नगरपालिका- २ स्थित चुरे जंगल क्षेत्रमा एउटा भालु मरेको छ ।

सिरहाको मिर्चैयाबाट कटारीतर्फको  विद्युत हाइ टेन्सन लाइन (११ हजार भोल्ट)मा करेन्ट लागेर भालुको मृत्यु भएको हो ।

चुरे पहाडको ढिस्को नजिकैबाट विस्तार भएको विद्युत लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका सहायक वन अधिकृत हिरालाल शर्माले जानकारी दिनु भयो ।

भालु मरेको स्थानमा केही समय पहिले पनि दुई जना मानिस करेन्ट लागेर मरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.