पेट्रोलियम पदार्थ उत्खननको काम अलपत्र

दैलेख- नेपालकै गौरवको आयोजना मानिएको दैलेखको पेट्रोलियम पदार्थ अन्वेषणको दोस्रो चरणको काम कोरोना महामारीका कारण  भन्दै रोकिएको छ ।

२०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको कामको पहिलो चरण सम्झौता अनुसार दशैँ अघि सकिएको थियो ।

दशैँ र तिहार लगत्तै दोस्रो चरणको उत्खननको कार्य सुरु गर्ने तयारी भएको थियो तर कोरोना संक्रमणको दर बढ्दै गएपछि चीनियाँ बिशेषज्ञ टोलि नेपाल आउन नसकेका कारण रोकिएको हो ।

चीनियाँ प्राविधिक टोलि बस्ने टेण्ट

परियोजनाको समय नै एक बर्ष थप्नुपर्ने अवस्था आएको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच २ अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम खानी अन्वेषण उत्खनन गर्ने सम्झौता अनुसार चीनको टोलि दैलेख आएर पहिलो चरणको काम सम्पन्न गरेको थियो ।

चीनको बिशेषज्ञ टोलिले दैलेखमा पहिलो चरणमा साइस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङ सर्भे सम्पन्न गरिसकेको र सबै सर्वेको रिपोर्टको अध्ययन कार्य सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको सर्वेलाई बिश्लेषण गर्ने हो भने पनि दैलेखकै भू भागमा पेट्रोलियम पदार्थ रहेको अनुमान गर्न सकिने आधारहरु देखिएको विज्ञहरुको भनाइ छ ।

थप अनुसन्धान पछि सबै कुरा स्पष्ट हुने भनिएपनि अहिले अन्वेषणको काम रोकिएकाले अब उत्खननको अवस्था अन्यौलमा परेको छ ।

टोलिले पहिलो चरणमा करिव ३ हजार बढी स्थानहरुमा ड्रिलिङ्ग गरेर जमिनभित्र तरंग पठाएर त्यसको रकेर्ड मापन गरिसकिएको छ ।

यी रेकर्डहरुका आधारमा सम्भावित स्थानमा अव ठूलो मेशिनमार्फत ड्रिलिङ्गका कामहरु गर्ने तयारी थियो कोरोना महामारीले केही समस्या निम्त्याएको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. त्रिपाठी स्वीकार्नुहुन्छ ।

दैलेखमा सयौँ बर्षदेखि ज्वाला बल्दै आएका शिरिस्थान, नाभिस्थान, पादुका, तल्लो डुंगेश्वर लगायत क्षेत्रहरूलाई आधार मानी चीनको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन टोलीले काम सुरु गरेको थियो । दोस्रो चरणको अन्वेषणपछि मात्र परिमाणको कुरा पत्ता लगाउने सकिने बिज्ञहरुले बताएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.