पाल्पाको भैरवनाथ मन्दिर जिर्णोद्दारको काम शुरु

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु गरिएको छ ।

आज मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मूल गजुरलाई हटाएर पुन:निर्माणको काम सुरु गरिएको हो ।

पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय २८ रुपैँयाको लागतमा मन्दिर पुन: निर्माणको ठेक्का सम्झौता भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिनुभयो ।

आगामी बैशाख मसान्तभित्रै निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको भएपनि पुननिर्माणको समयमा दर्शनार्थीका लागि वैकल्पिक तरिकामार्फत दर्शनको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

करिब ५ शताब्दी पुरानो मन्दिर मणिमुकुन्द सेन प्रथमले वि.स.१५८० देखि निर्माण सुरु गरी १६१० मा निर्माण सम्पन्न गरेका थिए । धार्मिक र ऐतिहासिक महत्व बोकेको भैरवनाथको दर्शनका लागि देशका विभिन्न जिल्लासँगै भारतबाटसमेत बाक्लो रुपमा भक्तजनको उपस्थिति हुने गर्दछ ।

भैरवनाथलाई मनोकांक्षा पुरा भएपछि भाकल अनुसार चामलको पिठो र घ्यूबाट बनेका माना पाथीका रोटसँगै त्रिशुल,ध्वजा र बली पनि दिने चलन रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.