हिमपातसँगै हिमालपारीका जिल्लाहरुको जनजीवन कष्टकर

मनाङ-  देशैभरी पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको छ । मौसमको खराबीका कारण हिमालपारीको जिल्लाहरुमा हिमपात शुरु भएको छ ।

सोमवार बेलुकीदेखि परेको हिमपातले मनाङको जनजीवन झन कष्टकर बनेको छ।

केहिदिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घर भित्रै थन्काएको छ ।

मानिस त जसोतसो घर भित्र छन अझ समस्यमा त गाईबस्तु र चराचुरुङ्गी परेका छन ।

हिमपातसँगै यहाँका बिकास निर्माणका कामहरु पनि ठप्प भएका छन् ।

बर्षामा बाढी पहिरो र हिउँदमा हिमपातका कारण बिकास निर्माणले गति लिन नसकेको पुर्बाधार बिकासका प्रमुख नविनचन्द्र अधिकारीले बताउनु भयो ।

हिमपातका कारण खेतीबाली सप्रने भएपनि जनजीवन प्रभावित भएको छ ।

कोरोना माहमारीमा जिल्ला भित्र रहेका मनाङबासी हिमपातको असर थेग्न फेरि बाध्य भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.