प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा संवैधानिक इजलासमा आजदेखि बहस हुँदै

काठमाडौं- प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलाशमा आजदेखि शुरु हुँदैछ ।

सर्वोच्च अदालतको आदेशअनुसार विवादित सो मुद्दाको सुनुवाई संवैधानिक इजलाशमा हुने भएको हो । सर्वोच्चको आदेश बमोजिम राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखको कार्यालयबाट लिखित जवाफ गत १९ गते नै पेश भइसकेको छ ।

यसैबीच इजलाश अन्तरगत एमिकस क्युरीमा सहभागी हुन पहिलोपटक महिला वरिष्ठ अधिवक्ता गीता पाठक र अर्का कानूनवेत्तामा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलाई सर्वोच्च अदालत बारको समितिले सिफारिश गरेको छ ।

उता नेपाल बार एशोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालतले एमिकस क्युरीका लागि कानूनवेत्ता झिकाउने आदेश जारी गरेको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.