तीन वर्षको कतार विरूद्धको प्रतिबन्ध अन्त्य

खाडी राष्ट्रले क्षेत्रीय ‘एकता र स्थायित्व’ सम्बन्धी तीन वर्षको कतार विरूद्धको प्रतिबन्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कतार र कतारसँग निकट रही विभिन्न समूहले इरानको हितमा काम गरेको भन्दै कतारमाथि लगाइएको प्रतिबन्ध सम्झौतासँगै अन्त्य भएको छ । साउदी अरबको उत्तर–पश्चिमी तटीय अल–उला सहरमा खाडी मुलुकका नेताको उपस्थितिमा भएको शिखर सम्मेलनले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारीलाई अन्त्य गरेको हो ।
साउदी अरबले खाडी मुलुकको गठबन्धनलाई नेतृत्व दिँदै कतारले इरान र इरानको समर्थन प्राप्त अतिवादी इस्लामिक समूहसँग कतार अधिक निकट बनेको आरोप लगाउँदै सन् २०१७ को जुनमा उनीहरूले कतारसँग कुटनीतिक सम्बन्ध तथा पारबहन सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका थिए । उक्त निर्णयले कतारलाई खाडीमा एक्लो बनाएको थियो यद्यपि गठबन्धनको आरोपलाई कतारले खण्डन गर्दै आएको थियो ।






प्रतिक्रिया राख्नुहोस्