ऐतिहासिक गुप्तकालिका मन्दिरको पुन: निर्माण सम्पन्न

कास्की- कास्कीको कास्कीकोटस्थित गुप्तकालिका मन्दिरको पुनर्निर्माण गरिएको छ ।

ऐतिहासिक शक्तिपिठका रुपमा चिनिँदै आएको यो मन्दिर पुरातत्व विभागको दुई करोड ६५ लाख रुपैयाँको लागतमा पुनः निर्माण गरिएको हो।

अहिले पहिलो चरणका कार्य सम्पन्न भएको र दोस्रो चरणका कार्य सुरु गर्ने तयारी भइरहेको मन्दिरका सचिव ठाकुरप्रसाद त्रिपाठीले जानकारी दिनुभयो ।

पहिलो चरणमा मुख्य मन्दिर अन्तर्गत गुप्तकालिका गर्भगृह, दरवार कक्ष, हवन कक्ष, विभिन्न आँखीझ्याल र ढोकाको पुनर्निर्माण सम्पन्न भएको छ ।

त्यस्तै केही मात्रामा सिँढी बाटो र रेलिङ निर्माण एवम् बाटोमा विश्राम स्थल समेत बनाइएको छ ।

दोस्रो चरणमा भद्रकाली मन्दिरको पुन: निर्माण हुँदैछ ।

यो मन्दिरबाट कुलमण्डल शाहले नेपाल एकिकरणको पक्षमा भूमिका खेलेको इतिहासमा उल्लेख छ ।

मन्दिर भूकम्पका कारण जीर्ण बनेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.