आत्महत्या रोक्ने सन्देशसहित मेची-महाकाली साइकल यात्रा

कपिलवस्तु:  विश्वभरमा एक वर्षमा लगभग आठ लाख वा हरेक ४० सेकेण्डमा विश्वमा कुनै एक मानिसको आत्महत्याको कारण ज्यान गइरहेको तथ्याङ्ले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो आँकडा अनुसार नेपालमा एक दिनमा करिब १६ देखि १८ जना मानिसले आत्महत्या गर्ने गरेका छन ।

त्यही आत्महत्या रोकथाम सन्देशसहित वास्तविक थपलियाले मेची-महाकाली साइकल यात्रा शुरु गरेका छन् ।

मेची-महाकाली साइकल यात्रामा रहेका थपलिया १०औं दिनमा कपिलबस्तु पुग्नुभएको छ ।

नेपालको आ.ब २०७५/७६ को रेकर्ड अनुसार कुल ५७८७, आ.ब २०७६/७७ मा ६२५२, र चालु आ.ब २०७७/७८ को कार्तिक मसान्त सम्म २४२६ जनाले आत्महत्या गरेका छन जसमा बालबालिकाको आँकडा अझै बड्दो क्रममा छ जुन आफैमा दर्दनाक छ ।

यात्राको क्रममा कपिलबस्तुको सदरमुकाम तौलिहवा वास्तविक थपलियाको भनाइ अनुसार उनी सानैबाट सोच्ने गर्थे एक चोटि पाएको सुन्दर जिन्दगीमा मान्छेले किन आत्महत्याको बाटो रोज्छ ? के कुनै पनि जटिल समस्याको समाधानको बिकल्प भनेको आत्महत्या नै हो?

थपलिया भन्नुहुन्छ-  ‘म ढुक्क थिएँ कि कुनै पनि समस्या समाधानको अन्तिम बिकल्प आत्महत्या हुनै सक्दैन । मृत्यु पछिको प्राण बाहेक संसारमा सबै कुराको बिल्कप छ बस हिम्मत हार्नु भएन । हिम्मतले नै मान्छेलाई सफलता तिर डोर्याउछ । आत्महत्या गर्ने बेलाको जस्तो हिम्मत जिन्दगीको अरु गतिविधिमा लगाए कायापलट गर्न सकिन्छ ।’

“म हिम्मत हार्दिन, म आत्महत्या गर्दिन” भन्ने प्रण सबैले गरे नेपालमा आत्महत्याको दर घटाउन सकिने उहाँको भनाइ छ ।

जिन्दगी आफैँमा एउटा साइकल यात्रा जस्तै हो जसमा दुख र सुखका दुई पेडललाई ब्यालेन्स गरेर सफर गरे मात्र गन्तव्यसम्म पुगिन्छ र साइकल आफैमा एउटा ब्यायामको साधन पनि हो जसले मानिसको शारीरिक अनि मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पारी आत्महत्या रोकथाममा केही न केही टेवा पुर्‍याउने थपलियाको भनाइ  छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.