अष्ट्रेलियामा आउँदो महिनादेखि कोभिड खोप दिइने

अष्ट्रेलियामा आउँदो महिनादेखि आमरुपमा कोभिड विरुद्धको खोप प्रयोग गर्ने त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले बताउनुभएको छ ।

हिजो सिड्नी र मेलवर्नका केही ठाउँमा प्रयोगको सुरुवात गरिए पनि आमरुपमा फेब्रुअरीबाट सबै जनतालाई प्रयोग गर्ने जानकारी दिनुभयो । आउँदो मार्चसम्ममा अष्ट्रेलियाका सबै जनतालाई कोरोना विरुद्धको खोप पुर्‍याउने प्रधानमन्त्री मोरिसनले जानकारी दिनुभयो ।

अष्ट्रेलियामा प्रयोग गर्न लागिएको भ्याक्सिन फाइजर र बायोन्टेक हुन् । अष्ट्रेलियामा प्रत्येक हप्ता ८० हजार नागरिकलाई खोप दिइनेछ भने बिस्तारै यो क्रम पनि बढाउँदै लैजाने तयारी अष्ट्रेलियाले गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.