नेपाल दाना उद्योग संघ चितवन शाखामा खनाल पुनः निर्विरोध निर्वाचित

चितवन- नेपाल दाना उद्योग संघको चितवन शाखामा पुनः बालचन्द्र खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शाखाको १६ औं बार्षिक साधारणसभाले खनालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा विनोद पोखरेल, सचिवमा ओमप्रकाश तिवारी, कोषाध्यक्षमा युवराज पाठक र सदस्यमा लीलाबल्लभ चापागाई, बुद्धिप्रसाद अधिकारी, रामचन्द्र अधिकारी, शिव पौडेल र निराजन खनाल रहनुभएको छ ।

नेपाल दाना उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शङ्करप्रसाद कँडेलको नेतृत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले २ बर्षे कार्यकालको लागि खनालको नेतृत्वमा ९ सदस्यीय टोलीको टुंगो लगाएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.