सुर्खेतका छाडा पशुहरु हुम्लामा पठाइयो

हुम्ला-कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशुचौपायलाई  हुम्ला पठाइएको छ ।

छाडा पशुचौपायको उचित व्यवस्थापन गर्न उच्च अदालत सुर्खेतले आदेश दिएपछि विरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लाको एक कृषि फर्मलाई पशुचौपाय लैजान अनुमति दिएको हो ।

अदालतले बुधबार वlरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशुचौपाय तत्काल व्यवस्थापन गर्न आदेश दिएको थियो । वीरेन्द्रनगर नगरपालिकाले बिहिबारसम्म सडकमा छोडिएका पशुचौपाया लैजान सम्वन्धित पशुधनीलाई आग्रह गरेको हो ।

तर सार्वजनिक सूचना जारी गर्दासम्म कोही पनि लिन नआएपछि एक सय पशुचौपाय हुम्ला पठाइएको विरेन्द्रनगर नगरपालिकाका वातावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले जानकारी दिनुभयो ।

नगरपालिकाले पहिलो चरणमा कान्जिहाउसमा जम्मा गरिएका पशुचौपाय जम्मा गरेर हुम्लाको खार्पुनाथ गाउँपालिकामा पठाएको हो ।

खार्पुनाथ गाउँपालिकाको एउटा फर्मले पशुहरु उपलब्ध गराइदिन माग गरेको थियो।

विरेन्द्रनगरका सडकमा झण्डै पाँच सय पशुचौपाय रहेको नगरपालिकाले जनाएको छ । तिनीहरुको व्यवस्थापनको प्रक्रिया शुक्रबारदेखि शुरु भएको गिरीको भनाइ छ ।

यस अघि पनि यस्ता कामका लागि हुम्लाका विभिन्न गाउँपालिकाहरुका वडा अध्यक्षहरुबाट छाडा पशु हुम्लामा ल्याउनका लागि सिफारिश गर्ने गरिएको थियो ।

यस्तै खार्पुनाथ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष भीमबहादुर शाहीले स्थानीय दलीतहरुका लागि सिफारिश गरिएको स्वीकार गरेका छन् ।

उनले भने यसबाट हुम्लाका दलितहरुको आयस्तरमा वृद्धि हुने आशा गरिएको छ । उनीहरुले यस अघि पनि पटक पटक यस्तो काम गर्ने जानकारी दिएका छन् ।

उच्च अदालत विरेन्द्रनगर सुर्खेतले पनि यस्ता छाडा पशु चौपाय व्यवस्थापनलाई छिटो तह लगाउनका लागि आदेश पनि दिइसकेको छ । यसै आदेशलाई कार्यान्वयन गर्नका लागि विरेन्द्रनगर नगरपालिका सुर्खेतले पहिलो चरणमा हुम्लामा पठाउनका लागि एक सय छाडा पशु चौपायमा गाई धेरै छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.