असहाय बालबालिका कोषको सहयोग

रोल्पा- रोल्पाको त्रिवेणी गाउँपालिका-७ स्थित विद्यामन्दिर असहाय बालबालिका कोषले असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

त्यहाँ रहेको गोबिन्द मावि दुम्ला र बिरेन्द्र मावि गाङमा अध्यययन गरिरहेका ४ जना असहाय बालबालिकाहरुलाई विद्यालय पोशाक, जुत्ता, मोजा र शैक्षिक सामग्रीहरु बितरण गरिएको कोषका सदस्य सचिव गंगा बुढाले जानकारी दिनुभयो ।

विभिन्न सहयोगी दाता र विद्यालयको कोषबाट हाल १ लाखको कोष स्थापना भएपनि यसलाई बढाउँदै लैजाने र भविष्यमा यसको क्षेत्र विस्तार गरिने असहाय कोषका संयोजक गिता कुमारी नेपालीले बताउनुभयो ।

एउटा प्राथमिक विद्यालयको नमूना कार्यबाट माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग प्रदान भएकोमा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले कोष सञ्चालन गरेको विद्यालयलाई धन्यवाद दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.