ब्राउन सुगरसहित दुईजना पक्राउ

दैलेख- दैलेख प्रहरीले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. १० कालिकानगरका २७ बर्षे सिर्जना गुरुङ र सोही ठाउँका २१ बर्षे बिशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभएको छ ।

दैलेखको गुराँस गाँउपालिका वडा नं. २ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडक खण्डमा शंकास्पद अवस्थामा हिँहिरहेका २ जनालाई खानतलास गर्दा सिर्जना गुरुङ्ले खुट्टाको मोजामा राखेको ४० पुरिया खैरो हिरोइन फेला पारेको हो । उनले धागोले बेरिराखेको अवस्थामा लागुऔषध धुलो पदार्थ फेला पारेको थियो ।

बिशाल रोकायाको साथबाट नगद ३४ हजार रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पछि दुवै जनालाई दैलेख जिल्ला अदालतबाट लागुऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमती लिई थप अनसुन्धान कार्य भईरहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.