नेपाल र भारत आकारमा सानो ठूलो भएपनि सार्वभौम राष्ट्रको हैसियतमा दुवै देश बराबरः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन दुई छिमेकी देशसँग नेपालले सन्तुलित र तटस्ठ सम्बन्ध राख्न चाहेको बताउनु भएको छ ।

भारतीय च्यानल जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीलाई दिनु भएको बिशेष अन्तरवार्तामा प्रधानमन्त्री ओलीले एकको कार्ड अर्कोसँग कहिल्यै नखेल्ने स्पष्ट पार्नुहुँदै दुवै देशसँग सन्तुलित र तटस्थ नीति नेपालको रहेको बताउनु भएको हो ।

एकअर्को प्रसँगमा प्रधानमन्त्री ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भएपनि सार्वभौम राष्ट्रको हैसियतमा दुवै देश बराबर भएको प्रष्ट पार्नुभयो । सार्वभौमसत्ता सम्पन्न दुई देशका प्रधानमन्त्रीको हैसियत बराबरी भएको उल्लेख गर्दै त्यही अनुरुपको सम्बन्ध नेपालले छिमेकी मुलुक भारतसँग राख्दै आएको बताउनुभयो ।

नेपालले जारी गरेको नयाँ नक्शा, कालापानी, लिम्पियाधुरा र लिपुलेकको प्रसङ्गमा भारतसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्न कुटनीतिक पहल स्वरुप नेपालले पठाएको डिप्लोमेटिक नोटको भारतले कुनै सुनुवाई नगरेको प्रधानमन्त्रीको भनाई थियो ।

देशको भूमी र सिमाको संरक्षण गर्नु कुनैपनि राष्ट्रको सार्वभौम दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको भूमी फिर्ता ल्याउन वार्ता र संवादको ढोका खुला रहेको पनि प्रष्ट पार्नुभयो ।

नेपालमा प्रतिनिधिसभाको विघटन र निर्वाचन घोषणावारे राखिएको अर्को जिज्ञासामा प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने र सरकार गठन गरी सम्बन्धका नयाँ उचाई शुरु हुने बताउनु भयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.