शहिद मार्गमा तिब्र गतिमा काम हुँदै

रुकुम पूर्व- उत्तर दक्षिण जोड्ने शहिद मार्ग रोल्पाको थबाङ र रुकुम पुर्वको हुकाम-मैकोट सडक खण्डमा  यतिखेर धमाधम काम भैरहेको छ ।

सडक बनाउने जिम्मा लिएको कम्पनी कोशी न्यौपाने एण्ड निर्माण सेवा कालो सुचिमा परेपछि ९/१० महिना अलपत्र अवस्थामा रहेको यो सडक पुनः तेण्डर गर्दा कोशी जलाशय निर्माण सेवाले जिम्मेवारी लिएर काम गरिरहेको छ ।

पुथा उत्तरगंगा १३ र ६ नम्बर वडा बिचमा रहेको १२ किलोमिटर युथ विल्डर्स एण्ड निर्माण कम्पनी प्रालिले जिम्मा लिएर काम थालेको कम्पनी संचालक संगम रोकामगरले बताउनुभयो ।

पिपटुङ-मयाङ सडक खण्ड चट्टान र ठाडो भिर भएको ठाउँ हो । साँघुरो बाटो भएर यहाँ वर्षेनी अधिक मात्रामा दुर्घटना हुने गरेको स्थानीय ओमप्रकाश कुँवर बताउनुहुन्छ।

माघ महिनासम्म ६ नम्बर वडाको दिमुरगैरासम्म यातायात उत्घाटन गर्ने गरि काम भैरहेको छ । यातायातको सडक तयार भए पछि स्थानीयलाई सहज हुने कुँवरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.