६०० रुपयाँले बढ्यो सुनको मूल्य

काठमाडौं- लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ ।

प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तोलामा रु ९१ हजार ७०० मा तेजाबी सुन सोमबार कारोवार भएको थियो । यस्तै चाँदीमा आज तोलामा रु २० ले वृद्धि भएको छ ।

रु एक हजार २३० मा सोमबार कारोवार भएको चाँदी आज रु एक हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.