कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं- सर्वोच्च अदालतले विद्यालय शिक्षामा नयाँ पाठ्यक्रम लागू गराउने नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको निर्णयविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ । यो आदेशसँगै कक्षा ११ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षालाई यसै शैक्षिक सत्रबाट कार्यान्वयन गर्न बाटो खुलेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले आज सो आदेश दिएको हो । गत असोज २८ गते भागवता अर्यालले सो नयाँ पाठ्यक्रम लागू नगराउन माग गर्दै नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई रिट निवेदन दर्ता गराउनुभएको थियो । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६’ बमोजिम नयाँ पाठ्यक्रम लागू भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.