५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमाः बाँकी क्रमशः सञ्चालनको तयारीमा

काठमाडौं- कोरोना महामारीका कारण बन्द भएका उद्योग व्यवसायमध्ये ५४ प्रतिशत पूर्णरूपमा सञ्चालनमा आएको पाइएको छ । बाँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा छन् ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोवारमा सुधार आएको पाइएको छ ।

केन्द्रीय बैंकले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा पछिल्लोपटक गरिएको सर्वेक्षणले ५४ प्रतिशत उद्योग-व्यवसाय पूर्णरूपमा सञ्चालनमा आएको देखाएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टका अनुसार २०७७ कात्तिक १३ देखि २०७७ मङ्सिर २४ सम्म तुलनात्मक अध्ययन गर्दा उद्योग प्रतिष्ठानमा तुलनात्मकरूपमा सुधार देखिएको हो ।

यसअघि बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी-व्यवसायीबाट तथ्याङ्क सङ्कलन गरी कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गरेको थियो ।

सो सर्वेक्षणले बन्दाबन्दीपश्चात औसतमा ६१.०३ प्रतिशत उद्योग-व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग-व्यवसायहरु मात्र पूर्णरूपमा सञ्चालनमा रहेको देखाएको थियो ।

सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिकरूपमा सञ्चालनमा आउन थालेको बैंकको ठहर छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.