शे-फोक्सुण्डो निकुञ्जमा मासु र भरुवा बन्दुकसहित एक पक्राउ

डोल्पा- डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा मासु र भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । चोरी शिकारी नियन्त्रण इकाईले निकुञ्जको निगालगैरा भन्ने वन क्षेत्रमाबाट पक्राउ गरेको हो ।

स्थानीयका अनुसार पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ बस्ने लक्ष्मीचन्द्र शाही रहेका छन् ।

निज व्यक्तिबाट एक थान भरुवा बन्दुक, वन्यजन्तुको जस्तो देखिने आखेटोपहार (मासुको टुक्रा), १९ वटा गोली, बारुद १ बट्टा तथा बन्दोबस्तीका सामानहरु बरामद गरिएको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.