घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताउनु भएको छ ।

नगारिक एपको शुभारम्भ समारोहमा भर्चुअल शुभकामना मार्फत प्रधानमन्त्री ओलीले सबै प्रकारका सरकारी सेवा एकीकृत एप मार्फत दिने र सेवा सहज सरल बन्नुका साथै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सम्भव भएसम्मका स्थानीयदेखि केन्द्रका सबै सरकारी सेवा एप मार्फत प्रदान गर्ने गरी परीक्षण गरिएको उल्लेख गर्नुहुँदै नागरिकले झन्झट र दुःख व्योहोर्नु नपर्ने गरी सेवा प्रदान गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने यो अभियानमा सहभागी हुन र सुधारको लागि सुझाव दिन तथा अग्रणी भूमिका निर्वाह गर्न सम्पूर्ण नागरिकलाई आहवान समेत गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.