परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्रीसँग भेट

काठमाडौं– भारतको तीनदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका तस्बिरहरु ट्विटरमा राख्दै सिंहले लेख्नुभएको छ, ‘भारतको नेपालसँगको सम्बन्ध केबल सरकारमा मात्रै सीमित छैन । यो सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ । भारत(नेपाल सम्बन्धले असीमित सम्भावना दिनेछ ।’

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि उपस्थित हुनुहुन्थ्यो ।

मन्त्री ज्ञवाली आजै अपरान्ह ४ बजे नेपाल वायु सेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.