कांग्रेसद्वारा ७५३ वटै स्थानीय तहमा प्रदर्शन

काठमाडौं– नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले पूर्वघोषित कार्यक्रमअनुसार प्रदर्शन गरेको हो । प्रदर्शनमा सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेता, पूर्वसांसद, संविधान सभा सदस्यहरु सहभागी हुनुभएको थियो ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले गत पुस १३ र २५ गते पनि प्रदर्शन गरेको थियो । कांग्रेसले माघ ८ गते ७५३ वटा पालिकाहरुका ६७४३ वडामा प्रदर्शन गर्ने तय गरिसकेको छ ।

सभापति देउवाले शनिबारको प्रदर्शनमा उत्साहजनक सहभागिता रहेको भन्दै आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.