भारतमा विश्वकै सवैभन्दा ठूलो खोप अभियान सुरु

भारतमा एकजना सरसफाईका कर्मचारीलाई कोरोना भ्याक्सिन लगाएर कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको उद्घाटन गर्नु भएको थियो । भारतमा सुरु भएको अभियानलाई विश्वकै सवैभन्दा ठूलो खोप अभियान भनिएको छ ।

अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ ।

खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सबै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।

हिजो पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाइएको छ । दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिनुभयो । भारतमा कोभिशिल्ड र कोभ्याक खोप लगाईदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.