२४ घण्टामा २६६ जना कोरोना संक्रमित

काठमाडौं– नेपालमा आज थप २६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३५०८ जनाको गरिएको पीसीआर परीक्षणमा २६६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ४०० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६१ हजार ४ सय ४४ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९५९ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा १७७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १४५, भक्तपुरमा ९ र ललितपुरमा २३ जना संक्रमित थपिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.