बेलायतबाट फर्किएका तीन जनामा देखियो नयाँ भाइरस

काठमाडौं– बेलायतबाट फर्किएका तीन जनामा यूके भेरिएन्ट (बी–११७०) कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको छ । बेलायतबाट आएकामध्ये ६ वटा नमूनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको हो । उनीहरको नमूना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमूना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।

२८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.