असमान खोप नीति:भयावह असफलताको प्रतिक- डब्लुएचओ

कोरोना भाइरस सम्बन्धी असमान खोप नीतिहरूका कारण विश्वले भयावह नैतिक असफलताको सामना गरिरहेको भन्दै विश्व स्वास्थ्य संगठन-डब्लुएचओका प्रमुखले चेतावनी दिनु भएको छ।

गरिब राष्ट्रहरूका जोखिम समूहका मानिसहरूले खोप पाउनुभन्दा पहिला धनी राष्ट्रका युवा र स्वस्थ मानिसहरूको खोपमाथिको पहुँच हुनु समान नहुने डब्लुएचओका प्रमुख डा. टेड्रोस एड्हानोमको भनाइ छ ।

उहाँका अनुसार ४९ धनी राष्ट्रमा हालसम्म ३ करोड ९० लाख कोरोना खोपको मात्रा दिन सकिएको तर एउटा गरिब राष्ट्रमा खोपको मात्रा २५ मात्रै उपलब्ध छ ।

हालसम्म चीन, भारत, बेलायत र अमेरिकाले कोरोना भाइरसको खोपको विकास गरिसकेका छन् भने अमेरिकी-जर्मन बहुराष्ट्रिय टोलीले फाइजर खोपको विकास गरेको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनले गठन गरेको एउटा स्वतन्त्र प्यानलले कोरोना भाइरस नियन्त्रणका प्रयासहरू अपर्याप्त भएको भन्दै डब्लुएचओ र चीनको आलोचना गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.