१७औं स्थानमा रहेको वर्न्लीसँग लिभरपुल पराजित

इङ्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल वर्न्लीसँग पराजित भएको छ । आफ्नै घरेलु मैदानमा आज बिहान सम्पन्न खेलमा अंक तालिकाको १७औं स्थानमा रहेको वर्न्लीसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदा लिभरपुल स्तब्ध बनेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोल रोक्न सकेन । दोस्रो हाफको ८३औं मिनेटमा वर्न्लीले पाएको पेनाल्टीलाई वार्नेसले गोलमा परिणत गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुगेको हो ।

यसअघि तीन खेलहरु बराबरीमा खेलेको लिभरपुल यो खेलमा भने पराजित हुन पुगेको छ । आफ्नै घरेलु मैदानमा जीत निकाल्न नसक्दा लिभरपुललाई माथि उक्लने ढोकाहरु साँघुरो बन्दै गएका छन् ।

अब लिभरपुलले आइतबार अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेष्टर युनाइटेडसँग उसैको घरेलु मैदानमा कडा प्रतिस्पर्धा गर्दैछ । यो खेल फुटबल प्रेमीहरुका लागि निकै रोमाञ्चक हुने मानिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.