ठूलो परिमाणको चिनियाँ मदिरा बरमद

हुम्ला- नेपाल प्रहरी हुम्लाले ठुलो परिणामको चिनियाँ मदिरा झिनिगिन्टी बरामद गरेको छ । खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरीले एक सय दश काटुन चिनियाँ गाउँ भित्र्याउने क्रममा छिप्रा पुलबाट बरामद गरेको हो ।

राति ३ बजेको समयमा गाउँ भित्र्याउने क्रममा बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो । अहिलेसम्मकै ठुलो परिणामको चिनियाँ मदिरा बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरेको अवैध चिनियाँ मदिरा झनिगिन्टी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बरामद गरिएको चिनियाँ मदिरा प्रती बोतलको मूल्य ८ सयका दरले १० लाख ४० हजार रुपैयाँ मूल्य बराबर भएको हो ।

यसरी जिल्लाका विभिन्न नाकाबाट चिनियाँ मदिरा भित्र्याउने र गाउँभरी छ्यापछ्याप्ती भएपछि गाउँमा कलह, झगडा हुँदै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.