चितवनको रत्ननगरमा मिनिबस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन- पूर्वी चितवनको रत्ननगरस्थित हरिहर मन्दिर अगाडि मिनिबस र मोटरुसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
पूर्वतिरबाट आइरहेको बा २ ख ५६७४ नं. को मिनिबस र पश्चिमबाट पूर्वतिर गइरहेको बा ९२ प ५२०४ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो ।
मृतक २ जनाको नाम खुलिनसकेको इलाका प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले जानकारी दिनुभयो ।
बिहान करिब ९ बजेतिर योदुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका यी २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.