पत्रकार पन्त र कार्कीलाई इन्जा खोजी पत्रकारिता पुरस्कार

काठमाडौं– नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशील पन्तलाई प्रदान गरिने भएको छ । एक लाख रुपैयाँ राशीको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रुपमा प्रदान गर्न लागिएको हो ।

पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्बन्धमा भएको अनियमितता सम्बन्धी समाचार र पत्रकार कार्कीले कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरुका पीएले दसैं भत्ता लिएका समाचारलाई प्रकाशन गरेका थिए । समाचार माध्यमहरुको लगातारको निगरानीपछि छानवीन हुँदा नेपाल प्रहरीमा लत्ताकपडा खरिदमा अनियमितता भएको पुष्टि भएको थियो भने सांसदहरुले दशैंभत्ता फिर्ता गर्न वाध्य भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.