म्यानमारमा सैनिक “कू”को विरोधमा नागरिकहरूको रातभर गस्ती

म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् ।

स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् ।

सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उहाँको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले सयौं मानिसहरूलाई बन्दी बनाएको छ ।

सरकारको कदमविरूद्ध सडकमा नागरिक अवज्ञा अभियानलाई रोक्न सेनाले सहर तथा गाउमा पसी प्रभावशाली व्यक्तिलाई पक्राउ गर्न थालेको र यसलाई असफल बनाउन एनएलडीले आफ्ना नेता, शुभचिन्तक तथा मतदातालाई निर्देशन गरेको छ ।

त्यसैको प्रतिक्रिया स्वरूप म्यानमारका समुदायहरूबाट रातको समयमा नेता तथा कार्यकर्ताको गिरफ्तार हुन नदिनको लागि विभिन्न समूहहरू बनाएर गस्ती बढाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.