सरकारको तीन बर्ष- अन्तर्राष्ट्रिय मञ्चमा दरिलो उपस्थिति

काठमाडौं- सरकारले गएको तीन बर्षमा सरकारले अन्तराष्ट्रिय सम्वन्ध विस्तार र अन्तराष्ट्रिय मंचमा आफ्नो उपस्थिति दरिलो एवम् प्रभावकारी बनाउदै लगेको बताएको छ ।

यस बीचमा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण सम्मपन्न भए भने थप १२ वटा मुलुकसँग कुटनीतिक सम्वन्ध स्थपना भएको छ । पहिलो पटक नेपालको कुटनीतिसम्वन्ध स्थपना र विस्तार मार्गको दर्शनको रुपमा पहिलो पटक परराष्ट्र नीति कार्यान्वयमा लगिएको छ ।

सरकारले गएको तीन बर्षमा अन्तराष्ट्रिय सम्वन्ध थप मजबुद एव विस्तार भएको बताएको छ । स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्चालनबाट सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्न पहिलो पटक परराष्ट्र नीति ल्याइएको छ ।

जसलाई सरकारले परराष्ट्र सम्वन्ध विस्तारको मार्ग दर्शन मात्र नभइ परराष्ट्र नीति संचालनकालागि मुख्य उपलब्धीको रुपमा लिइएको छ । गएको तीन बर्षमा थप १२ मुलुक सँग कुटनीति सम्वन्ध स्थपना भएको छ भने १५ मुलुकहरुसँग दुइपक्षियसम्वन्ध स्थपना गरिएको छ  ।

यसका साथै गएको तीन बर्ष नेपाललले अन्तराष्ट्रिय मंचहरुमा आफ्नो उपस्थिति फराकिलो दरिलो बनाउदै लगेको छ । कुनै समय एसिया सोसाइटिमा मात्र सिमित उपस्थिति अहिले डावोस फोरम, अक्सफोर्ड युनिभर्सिटी, राष्ट्रसंघिय शान्ति विश्वविद्धालय जस्ता विश्व प्रसिद्ध फोरममा आफ्नो विचार प्रस्तुत गर्ने मौका पाएको छ ।

यसैगरी  छिमेकी मुलुकहरुबाट भएका उच्च स्तरीय भ्रमणहरुका कारण सरकारका तीन बर्ष छिमेकी राष्ट्र र क्षेत्रिय कुटनीति सम्वन्ध विस्तारमा महत्वपूर्ण रह्यो ।

यस अवधिमा २३ बर्ष पछि चीनका राष्ट्रपति सिचिन फिङ्गको नेपाल भ्रमण भयो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एउटै कार्यकालमा ४ पटक नेपाल भ्रमण भए । यही बीचमा नेपालको तर्फबाट पनि नेपालका प्रधानमन्त्रीको वेलायत र फ्रन्सको औचारीक भ्रमण, परारष्ट्रमन्त्रीको अमेरिका एव रुसको औपचारिक भ्रमण भए ।

चिनसँग भएको यातायत पारवाहान सम्झौता पछि नेपालको अवस्था भुपरिबेष्ठिक मुलुकबाट भूजडित मुलुका रुपमा फेरिएको र यसले भविश्यमा नाकावन्दी जस्तो अमानवीय अवस्थाको समाना गर्नुपर्ने स्थितिको अन्तय गरिदिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भयो ।

यस्तै सार्क क्षेत्रमा कोभिड महामारीको नियन्त्रणका लागि नेपालले सार्क अध्यक्षको रुपमा खेलेको समन्वयकारी भुमिकालाई पनि उपलब्धिको रुपमा लिइएको छ ।

यही बीचमा कोभिड महामारीमा विरुद्ध सार्कलाई एकै ठाउ ल्याउने गरी विभिन्न समयमा भर्चुवल बैठकहरु सफल्ता पुर्वक सम्पन्न भए ।

यही बीचमा नेपाल संयुक्त राष्ट्रसंघको महिला विरुद्ध सवै प्रकारका हिंस्सा विरुद्धको समिति र मानव अधिकार परिषदमा दोस्रो पटक निर्वाचित भएको छ ।

अन्तराष्ट्रिय फोरमको रुपमा सगरमाथ संवाद शुरु गर्न लागिएको सरकारले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.