पुनर्निर्माणमा सरकारको ऐतिहासिक तीन वर्ष

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा गठित सरकारका तीन वर्ष पुनर्निर्माणका लागि ऐतिहासिक वर्ष रह्यो । हालसम्म २०७२ सालको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कुल लगायतका सम्पदाको पुननिर्माण सम्पन्न भइसकेको छ भने धरहरासहित अन्य सम्पदाको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री के पी शर्मा ओलीको नेतृत्वमा गठित सरकारको ३ वर्षको अवधिमा पुननिर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । भूकम्पले क्षति पुर्‍याएका अधिकांश संरचनाहरुको प्राचिन महत्व र मौलिकपनलाई कायम राखेर नै पुनर्निर्माणको काम भइरहेको छ ।

भौगोलिक विकटता ,प्राविधिक चुनौति र कोरोना महामारीले निम्ताएको प्रतिकुलताका बाबजुद  पनि पुननिर्माणको काममा आशातित प्रगति भएको देखिन्छ । सम्रगमा पछिल्लो एक वर्ष पुनर्निर्माणको क्षेत्रमा ऐतिहासिक वर्ष बन्यो ।

यो वर्षमात्र ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको रानीपोखरीको पुनर्निर्माण सम्पन्न भयो । वि सं २०७२ सालमा क्षतिग्रस्त भएको रानीपोखरी लामो समयको अन्यौल र विवादपछि अन्तत: ५ वर्षपछि बन्यो ।

वि सं २०७७ साल कार्तिक ५ गते नयाँ स्वरुपको रानीपोखरीको राष्ट्रपति विद्यादेवी भन्डारी ,प्रधानमन्त्री के पी शर्मा ओलीले उद्घाटन गर्नुभयो जुन आफैँमा ऐतिहासिक क्षण थियो । पुननिर्माण सम्पन भएसँगै सुन्दर बनेको रानीपोखरीले काठमान्डौँ उपत्यकाको सुन्दरतामा थप रौनक थपिदिएको छ ।

पुनर्निर्माणपछिको रानीपोखरी

रानीपोखरी कै उद्घाटन भएको दिन नेपालको सबैभन्दा पुरानो दरबार हाइस्कुलको पनि उद्घाटन भयो । बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर पक्कै होइन ।

आधुनिक भौतिक संरचनासहित बनेको भुकम्प प्रतिरोधि नयाँ दरबार हाइस्कुलले पुनर्निर्माण भएपछि आफ्‍नो गुमेको स्वरुप फिर्ता पाएको छ ।

पुनर्निर्माणपछिको दरवार हाइस्कुल

देशको मुख्य प्रशासनिक भवन सिंहदरबारको मौलिक स्वरुपलाई कायम राख्दै पुननिर्माण गरिएको छ । बबरमहल,केशरमहल जस्ता ऐतिहासिक महत्वका ठुला भवनहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।

यसै अवधिमा धरहराको पुननिर्माण शुरु भइ ५५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

काठमाडौंको सुन्धारास्थित निर्माणाधिन धरहरा

धरहराको निर्माणाधिन २२ तला मध्ये २१ तलाको ढलान सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । रामशाहपथ स्थित महान्याधिवक्ताको कार्यालयको पुननिर्माण सम्पन्न भएको छ ।

यस्तै त्रिपुरेश्वरस्थित त्रिपुरेश्वर महादेव मन्दिरको पुननिर्माण अन्तिम चरणमा पुगेको छ ।

भुकम्पबाट प्रभावित ३२ जिल्लाहरुमा निजी आवास तर्फ पुननिर्माण सम्पन्न गर्नुपर्ने ४ हजार ७ सय २० सम्पदा मध्ये हालसम्म ८० प्रतिशत घरहरु निर्माण सम्पन्न भइसकेका छन् ।

भुकम्पका कारण जोखिमयुक्त बनेका बस्ती स्थानान्तरणको काम शत प्रतिशत सम्पन्न भएको छ ।

१२ हजार २ सय ८४ भूमिहिन लाभग्राहीलाइ जग्गा व्यवस्थापन गरिएको छ ।

७२ सालको भुकम्पले क्षति पुर्‍याएको ११ सय ९७ वटा स्वास्थ्य संस्थाका भवनहरुमा मध्ये हालसम्म ५८ प्रतिशत भवनको निर्माण कार्य सकिएको छ । हाल १२ प्रतिशत अर्थात १ सय ४३ वटा स्वास्थ्य संस्थाका भवनहरुको पुनर्निर्माण भइरहेको प्राधिकरणको तथ्याङक छ ।

भूकम्पले क्षति पुर्‍याएका ४ सय १५ वटा सरकारी भवन मध्ये ३ सय ५३ वटा भवनको पुननिर्माणको काम सकिएको छ । हाल भुकम्पबाट क्षति पुगेका सरकारी भवनहरुमध्ये १० प्रतिशत अर्थात ४३ वटा सरकारी भवनको पुनर्निर्माण भइरहेको छ ।

भूकम्पले सुरक्षा निकायका भवनमा पनि क्षति पुर्‍याएको थियो । सुरक्षा निकायका भवनको निर्माणमा उल्लेख्य प्रगति भएको प्राधिकरणको तथ्याङ्क छ । पुनर्निमाण गर्नुपर्ने  २ सय १६ मध्ये ९६ प्रतिशत भवनको पुननिर्माण भइसकेको छ । हाल भूकम्पबाट क्षति पुगेका सुरक्षा निकायका भवनतर्फ  ४ प्रतिशत अर्थात ९ वटा सरकारी भवनको पुनर्निर्माण भइरहेको छ ।

पुनर्निर्माणका लागि सरकारले उल्लेख्य बजेट बिनियोजन गरि काम गरिरहेको छ । क्षति पुगेका सबै संरचनाको पुननिर्माणको काम यसै आर्थिक वर्षमा सक्ने लक्ष्य प्राधिकरणको छ । त्यसपछिका बाँकी रहेका काम सम्बन्धित विभागीय मन्त्रालयलाइ हस्तान्तरण गरेर निर्धारित समयमा नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ वर्तमान सरकार अगाडि बढिरहेको छ ।।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.