सामाजिक सुरक्षा र रोजगारीको क्षेत्रमा तीन वर्षमा उल्लेखनीय प्रगति

काठमाडौं-सरकारले आधारभुत स्वास्थ्य सेवा, रोजगारी, शिक्षा र सामाजिक शुरक्षा लगायतका मौलिक हक कार्यान्वयनमा उल्लेख्य प्रगति भएको बताएको छ ।

वर्तमान सरकार गठन भएको ३ बर्षमा सामाजिक शुरक्षा योजना,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र श्रमिकको न्यूनतम पारिश्रार्मिक बृद्धि, साथै सवै स्थानीय तहमा आधारभुत अस्पतालको निर्माण शुरु लगायतलाई सरकारले यस क्षेत्रमा भएका मुख्य उपलब्धीका रुपमा समेटेको छ ।

तीन बर्षे कार्यकालको मुख्य उपलब्धीबारे जानकारी दिनुहुँदै प्रधानमन्त्रीले केपी शर्मा ओलीले यसअवधिमा शिक्षा स्वास्थ र सामाजिक सुरक्षाका क्षेत्रमा सरकारले महत्वपूर्ण कामहरु गरेको बताउनु भयो ।

सामाजिक शुरक्षा योजना,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र श्रमिकको न्यूनतम पारिश्रार्मिक बृद्धि, नागरिक पेन्सन लगायतका कार्यक्रमलाई मुख्य उपलब्धी भएको उल्लेख गर्नुहुदै प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख प्रावधान अनुरुप सामाजिक शुरक्षाको दायरा बढाइएको बताउनुभयो ।

कोभिडको परिक्षणका लागि शुरुका दिनमा ल्याव परिक्षण गर्न विदेश पठाउने बाध्यता रहेकोमा हाल नेपालमा ८३ वटा पीसीआर परिक्षण ल्याव स्थापना भई सञ्चालनमा रहेको र कोभिडविरुदको उपचार निशुल्क गरिँदै आएको पनि प्रधानमन्त्री ओलीले वताउनु भयो ।

त्यसैगरी अस्पतालको भौतिक पूर्वाधार थप गरिएको र आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि एकै पटक ३ सय ९ स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण शुरु गरिएको प्रधानमन्त्री ओलीले बताउनु भयो ।

यसैगरी जेष्ठ नागरिक भत्ता तीन हजार पुर्‍याइएको र जेष्ठनागरिकलाई १ लाखसम्मको निशुल्क स्वास्थ्य वीमा ब्यवस्था गरिएको छ । यसरी विभिन्न ८ प्रकारका समाजिक शुरक्षा प्राप्त गर्नेको संख्या यस बीचमा ५ लाखले थप भई तीस लाख ६० हजार पुगेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.