गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका क्याम्पा राईलाई

काठमाडौं– नेपाल टेलिभिजनका प्रमुख समाचार सम्पादक पुष्पहरि क्याम्पा राई गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

विगत ३१ बर्षदेखि नेपाल टेलिभिजनको समाचार महाशाखा हुँदै समाचार च्यानलमा कार्यरत क्याम्पा राई अहिले नेपाल टेलिभिजन इटहरी च्यानलनका प्रमुख हुनुहुन्छ ।

पत्रकारिताबाहेक साहित्यको क्षेत्रमासमेत कलम चलाउनुहुने क्याम्पा राईले प्राप्त गर्नुभएको पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

पत्रकार क्याम्पा राई यसअघि सिद्धिचरण राष्ट्रिय पत्रकारित पुरस्कारबाटसमेत पुरस्कृत हुनुभएको थियो ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा राईसहित ५ जना पत्रकार पुरस्कृत भएका छन् ।

महासंघले एक लाख राशिको कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डाक्टर सुरेस आचार्यलाई प्रदान गरेको छ । आचार्य अहिले नेपाल टेलिभिजनमा समसामयिक बिषय “समय चक्र” कार्यक्रमका प्रस्तोता हुनुहुन्छ ।

यसैगरी, ५० हजार राशिको कृष्णसेन इन्छुक राष्ट्रिय पत्रकारिता पुरस्कार विनोद पहाडीलाई प्रदान गरिएको छ ।

यसैगरी, १० हजार राशिको उमासिंह राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापा र  शिल्पा कर्णलाई दिइएको छ भने १० हजार राशिकै गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार राम भटन शाह र मुना हमाललाई प्रदान गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.