बिहीबारदेखि देशभरको मौसम सुधार हुने

काठमाडौं– बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो ।

आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने जल तथा मौसम विभागले जनाएको छ।

हाल देशको उच्च पहाडी तथा हिमाली भूभागहरूमा आंशिक बदली रही अन्य भू भागको मौसम सामान्यतया सफा रहेको छ ।यस पटकको मौषमी प्रणाली कम्जोर भएकोले प्रयाप्त हिउँदे वर्षा हुन नसकेको विभागले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.