मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधानः मन्त्री ज्ञवाली

काभ्रे- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताउनुभएको छ । धुलिखेल नगरपालिकाको ३५ औ स्थापना दिवस एवं जिल्लाकै पहिलो बालमैत्री नगर घोषणाको कार्यक्रममा मन्त्री ज्ञवालीले ’मुलुकमा भएको राजनीतिक संक्रमण निर्वाचनबाट समाधान हुने बताउँदै निर्वाचनबाट नभाग्न सबै राजनीतिक दललाई अनुरोध गर्नु भएको छ । उहाँले प्रतिनिधि सभा विघटन संविधान अनुसार गरिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा पूर्व मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विकासको गति र मुलुकको छवी उच्च भएको बताउनुभयो । सरकारले घोषणा गरेको निर्वाचनबाट भाग्नेहरुले मुलुकलाई अस्थिरता तर्फ उन्मुख गराउन लागेको नेता बास्कोटाले बताउनुभयो ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा खानेपानी लगायतका क्षेत्रमा समृद्ध बनाउँदै अघि बढेको बताउनुभयो । नगरपालिकालाई जिल्लाकै पहिलो बालमैत्री नगर घोषणा गरिएको छ । धुलिखेल नगरपालिकाले बालमैत्रीका ३९ वटा सुचक पुरा गरेकाले बालमैत्री नगर घोषणा गरेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

बालमैत्री घोषणा गर्ने वडाहरुलाई पुरस्कार स्वरुप प्रति वडा ५ लाखका दरले पुरस्कार वितरण गरेको छ । बालमैत्री स्थानीय शासनले तोकेका ३९ वटा सूचकहरुलाई स्थानीयकरण गर्नुका साथै सूचकहरुको अन्तिम मान्यता दिई बालमैत्री पार्क, पोषण सुधार लगायतका स्थानीय सूचकहरुलाई थप गरी नगर कार्यपालिकाबाट सवै वडाहरुमा प्रभावकारी कार्यान्वयन गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

बालमैत्री नगर घोषणाका लागि नगरपालिकाका सबै जनप्रतिनिधि, कर्मचारी तथा नगरमा स्थापना भएका ५५ वटा बाल क्लब, नगर तथा १२ वटै वडाहरुमा रहेका वडा बाल सञ्जाल, नगर स्तरीय बालमैत्री स्थानीय शासन समिति, वडा समन्वय समिति र बाल संरक्षण तथा सम्बर्द्धन उप समितिको सकृयता रहेको सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.