संगित थेरापीमा सहभागी हुन वागमती प्रदेश प्रहरीको आह्वान

मकवानपुर- वागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले ७१औं प्रजातन्त्र दिवसको अवसरमा संचालन गर्न लागेको संगीत थेरापीमा सहभागिताको लागि सर्वसाधारणलाई आब्हान गरेको छ।

संगीत थेरापी भोलि साँझ ४ बजे हेटौडाको बुद्ध चोकमा गर्ने बताईएको छ। अहिलेको समयमा बिभिन्न समस्याको कारण तनावमा रहेका आमनागरिकलाई तनाव मुक्त गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको वागमती प्रदेश कार्यालयले जनाएको छ ।

यहि माघ १६ गते शहिद दिवसको दिन पनि वागमती प्रदेश प्रहरी कार्यलयले बुद्ध चोकमा संगीत थेरापीको कार्यक्रम आयोजना गरेको थियो ।

संगीत थेरापीमा उल्लेख्य मात्रामा सर्वसाधारणले उपस्थिती जनाई थेरापीबाट लाभ लिएको र उनीहरुमा सकारात्मक प्रभाव परेको आफूले पाएको वागमती प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक बसन्त लामाले बताउनुभयो ।

वागमती प्रदेश प्रहरी ब्याण्ड गुल्मद्वारा गरिने कार्यक्रममा स्वास्थ सुरक्षाप्रति पूर्ण सावधानी अपनाइने र बिभिन्न किसिमका धुनमार्फत तनाव व्यवस्थापनको प्रयास गरिने बताइएको छ ।

कार्यक्रमबारे आम सर्वसाधारणलाइ सूसुचित गरिदिन प्रदेश प्रहरी कार्यलयद्वारा सम्पूर्ण संचारमाध्यमलाई अनुरोध गरिएको छ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.