प्रदेश नं. २ को प्रदेश प्रमुखमा झा नियुक्त

काठमाडौं– प्रदेश नं. २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार नै प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्