सर्वोच्चमा सुनुवाइ सकियो, अब फैसलाको प्रतीक्षा

काठमाडौं– प्रतिनिधि विघटन मुद्दाको सर्वोच्च अदालतमा भइरहेको सुनुवाइ अब निर्णय प्रक्रियातर्फ अघि बढेको छ ।
बहसको क्रम शुक्रबार सकिएपछि संवैधानिक इजलासले वकिलहरुसँग बहस नोट माग गरेपछि मुद्दा निर्णय प्रक्रियामा प्रवेश गरेको हो । इजलासले यही १० गतेभित्र बहस नोट पेस गर्ने समय तोकेको छ । साथै ११ गते इजलास बस्ने गरी मुद्दालाई हेर्दाहेर्दै पेशीमा राखिएको छ ।
११ गतेको इजलासले निर्णयको समय तोक्न सक्ने सर्वोच्चसूत्रले जनाएको छ । शुक्रबारको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट वरिषठ अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभा पुनर्स्थापना गर्नु पर्ने राय उहाँले राख्नुभएको थियो ।





प्रतिक्रिया राख्नुहोस्