जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेः नेम्वाङ

काठमाडौं– नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको आमसभालाई शनिबार सम्बोधन गर्दै नेम्वाङले अब चुनावमा जानुको विकल्प नभएको बताउनुभयो ।

प्रतिनिधिसभामा छलफल गर्न वा पार्टीभित्रै स्वस्थ धारणा राख्ने अवस्था नभएपछि बाध्य भएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नु परेको उहाँले उल्लेख गर्नुभयो । ‘पार्टीभित्रकै साथीहरूले पार्टीको अध्यक्षलाई काम गर्न नदिने, सरकारलाई काम गर्न नदिने अवस्था आएपछि बाध्य भएर प्रधानमन्त्रीले यस्तो कदम चाल्नु भएको हो,’ नेता नेम्वाङले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.