पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुई जनाको मृत्यु

पाल्पा- पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको पूर्वखोला गाउँपालिका वडा नं. ४ स्थित छेबकुनमा रहेको बालुवा खानिबाट बालुवा निकाल्दै गर्दा पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीय पवित्रा सारु र ३६ वर्षकी मायादेवी सिंहले बालुवाको ढिस्को खस्दा पवित्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको । बालुवाले पुरेर घाइते भएकी माया देवी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिनुभयो ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.