प्रदेश नं १ को प्रदेश सभा बैठक आज बस्दै

विराटनगर- माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज २ बजेको लागि बोलाइएको छ ।

पहिलो पटक माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो ।

दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो ।

त्यसपछि बैठक आज बस्ने भएको हो । प्रदेश सभाको बैठकका लागि अहिले ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.