डेनभर नजिकै यात्रु बाहक विमान दुर्घटनामा

अमेरिकाको डेनभर नजिकै एउटा यात्रु बाहक विमान दुर्घटनामा परेको छ ।

विमानको एउटा इन्जिनमा खराबी आएपछि आपतकालीन अवतरणको क्रममा विमानका भग्नावशेषहरु व्यक्तिका घरहरुमा खसेको समाचार छ । तर बोइङ ७७७ को सो विमानमा सवार २ सय ३१ जना यात्रु र १० जना चालक दलका सदस्यहरु सबै सकुसल रहेका छन् । विमानमा सवार कोही पनि घाइते नभएको समाचार छ ।

विमानको अगाडिको इन्जिनमा खराबी आएपछि उडिरहेको विमानबाट टुक्राहरु टाढा टाढासम्म खसेको थियो । ब्रुमफिल्ड शहरका प्रहरीले विमानबाट खसेका भग्नावशेषका तस्वीरहरु सार्वजनिक गरेका छन् । अमेरिका स्थित संघीय उड्डयन प्रशासनले विमानको दायाँ भागको इन्जिन फेल भएको जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.