संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय परिवर्तन गर्न माग

काठमाडौं– संवैधानिक आयोगका प्रमुख तथा पदाधिकारीहरुले आफ्नो सम्पर्क मन्त्रालय परिवर्तन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।

मुस्लिम आयोगले सोमबार ललितपुरमा गरेको स्वागत समारोहमा सहभागी आयोगका अध्यक्ष र सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्पर्क मन्त्रालयबाट हटाउन माग गरेका छन् । ‘सोझै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्पर्क गर्ने व्यवस्था मिलाउन माग गरेका छौं,’ बैठकपछि मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले भन्नुभयो ।

अन्सारीका अनुसार बैठकले आयोगहरुमा विशिष्ट श्रेणी (सचिव)को नेतृत्वमा कर्मचारी परिचालन गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ । अहिले सहसचिव स्तरका कर्मचारीलाई आयोगहरुमा सचिवको रुपमा खटाइएको छ । बैठकले आयोगहरुमा दरबन्दी थप गर्न पनि माग गरेको छ ।

बैठकले आयोगहरुको प्रभावकारिता वृद्धि गर्दै जाने, सुविधा सम्पन्न सरकारी निवासमा आयोगको कार्यालय व्यवस्था गर्न, सकभर सबै आयोगहरुलाई एउटै परिसरमा राख्ने व्यवस्था मिलाउन पनि माग गरेको छ ।

बैठकमा मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, महिला आयोगका कमला पराजुलीलगायतका आयोगका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.