गुमेको भूमि फिर्ता ल्याउन भारतसँग वार्ता भइरहेको प्रधानमन्त्रीको भनाइ

कञ्चनपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमको गुमेको भूभाग फिर्ता ल्याउनका लागि तथ्य र प्रमाणका आधारमा भारतसँग अनौपचारिक वार्ता भइरहेको बताउनुभएको छ ।

कञ्चनपुरको वेदकोट नगरपालिकास्थित छेलामा दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्ने क्रममा प्रधानमन्त्री ओलीले गुमेको नेपालको भूभाग फिर्ता ल्याएरै छाड्ने दृढता समेत व्यक्त गर्नुभयो । भारतसँगको महाकाली सन्धी बमोजिम १० क्युसेक पानी नेपालले पाउनुपर्नेमा नपाएकामा त्यो प्राप्त गर्नका लागि भारतसँग वार्ता भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले ६ महिनाभित्र विस्तृत सर्भेको काम पूरा गरी नहर निर्माणको काम सुरु हुने बताउनुभयो ।

महाकाली सिँचाइ आयोजनाअन्तर्गत तेस्रो चरणको नहर निर्माण सुरु भइसकेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.