२४ घण्टामा एक सय १० जना कोरोनाका नयाँ सङक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा एक सय १० जना कोरोनाका नयाँ सङक्रमित थपिएका छन् । ३ हजार २१८ वटा पीसीआर परीक्षण गर्दा ११० जना संक्रमित भेटिएका हुन् ।

हाल सक्रिय सङक्रमित १५ सय ३३ जना रहेका छन् । कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ जना र थप ४ जना गरी ८ जना कोरोना सङक्रमितको मृत्यु भएको हो । यसैबीच एक सय २ जना भने २४ घण्टामा सङक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.